बैशाख १३, २०८१, बिहीबार
               

आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार।) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि सामान्य बदली भइ केही स्थानमा बढी चिसो र केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रहने छ । साथै, बाँकी प्रदेशमा सामान्यतया सफा रहने बताइएको छ । यसैगरी, प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू–भागहरू साथै सुदुर पश्चिम प्रदेशका तराइका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि