बैशाख ११, २०८१, मंगलबार
               

पछिल्लो २४ घन्टामा थप दुई सय ७० जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा दुई सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७२ जनामा सो भाइरस पुष्टि भएको छ ।कुल तीन हजार ८४जनामा कोरोना परीक्षण गर्दा सो संख्या पहिचान भएको हो ।

त्यसैगरी, सो अविधमा कोरोनाका कारण पाँच जनाको ज्यान गएको छ भने तीन सय ९० जना निको भएर घर फर्किएका छन् । 

हालसम्म नेपालका दुई लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।तथ्यांकअनुसार कोरोना संक्रमितमध्ये ९७.७ निको भएर घर फर्किएका छन् । 


कस्तो लाग्यो ?

यो पनि