बैशाख ०८, २०८१, शनिबार
               

विरोध प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

नेपाल फ्ल्यास
माघ ०२, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि (शनिबार) संसद् विघटनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।

देशभरका ७५३ स्थानीय तहमा कांग्रेसले गर्न लागेको प्रदर्शनमा सहभागी हुन देउवाले आग्रह गरेका हुन् । 

शुक्रबार विज्ञप्ति जारी गर्दै देउवाले विरोध प्रदर्शनमा सहभागी भई कार्यक्रमलाई प्रभावकारीरूपमा सफल बनाउन अपिल गरेका हुन् । 

उनले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर कांग्रेसले गरेको र पार्टी एकमत रहेको बताएका छन् ।

‘संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ,’ उनले भनेका छन्, ‘पार्टीका सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु ।’

यो पनि