चैत १५, २०८०, बिहीबार
               

अचम्म ! १ सय १ वर्षकी महिलाले जन्माइन् बच्चा

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सुन्दा पनि अचम्म लाग्ने घटना । इटालीमा एकजना ‘अनातोलिया व्हर्टाडेला’ नाम गरेकी १ सय १ वर्षकी महिलाले बच्चा जन्माएकी छिन् । समाचार माध्यममा बताइएअनुसार १०१ वर्षको उमेरमा जन्मिएको यो बच्चा उनको कोखबाट जन्मिएको १७औं सन्तान हो ।

सामान्यतया मानिसको सरदर आयुभन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७औं बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् । युरोपेली युनियनको नियमानुसार अण्डाशय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो ।

१ सय १ वर्षीया यी महिलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम ‘फ्रांसिस्को’ राखेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि