बैशाख १४, २०८१, शुक्रबार
               

‘न्याय मरेको देश’ सार्वजनिक

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं ।  ‘न्याय मरेको देश’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा लोकदोहोरी गायिका शान्ति श्री परियारको एकल आवाज रहेको छ । गीतको भिडियोमा सञ्चारकर्मी तथा चलचित्र पत्रकार संघ नेपालकी सदस्य बिना श्रेष्ठले निर्देशन गरेकी छन् ।

बिहीबार काठमाडौंस्थित एक कार्यक्रम समारोहका बीच भिडियो सार्वजनिक गरिएको हो । उक्त भिडियो नारीहरु माथि घटेका बलात्कार, एसिडलगायतका विभिन्न घटनाका यथार्थ कथालाई समेटेर छायांकन गरिएको छ ।

वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा राजेश पौडेलको शब्द सिर्जना तथा दिनेश मुस्कानले संगीत भरेका छन् । रश्मि शाक्यले निर्माण गरेको भिडियोमा उत्तम हुमागाईंको छायांकन रहनुका साथै अनिल कुमार महर्जनले सम्पादन गरेका छन् ।

त्यस्तै, लक्ष्मी बर्देवा, सुशील पोखरेल, साक्षी लम्साल, पुजन घिमिरे, बासु शाही र अनिता पौडेल लगायत कलाकारहरुले भिडियोमा अभिनय गरेका छन् । भिडियो निर्देशक बनिा श्रेष्ठले गीतमा समावेश भएका शब्दका मर्मअनुसार नै आफूले भिडियो निर्माणमा निकै नै मेहनत गरेको  बताइन् ।

समाजमा अपराधका घटनाहरु बढिरहेको अवस्थामा न्याय मौन बन्दै गईरहेको भनाईप्रति लक्षित गरि भिडियो सार्वजनिक गरिएको उनको भनाइ छ । पछिल्लो समय देशमा बलत्कारलगायतका घटनाहरु बढिरहेका छन् । 


 


कस्तो लाग्यो ?

यो पनि