चैत १६, २०८०, शुक्रबार
               

अदालतलाई प्रभावमा पार्न खोजियो : सभापति देउवा

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । बिहीबार पर्वतमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले अदालतलाई आफ्नो विवेक प्रयोग गर्न वञ्चित गराउने, प्रभावित पार्ने ढंगले कसैले पनि अभिव्यक्ति दिन नहुने बताउँदै आपत्ति जनाएका हुन् । 

‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस्,’ सभापति देउवाले भने, ‘किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?’ यसका अलवा उनले प्रधानमन्त्री ओली अदालतको खिलापमा उत्रेको बताए । उनले भने, ‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बारेमा बोल्न मिल्दैन । ओली त्यसको खिलापमा उत्रिएका छन् ।’

अदालतमा विचाराधीन मुद्दामा ओलीले यो गर् र त्यो गर् भन्दै हिँडेको बताउँदै उनले संविधानको व्याख्या गर्ने अधिकार अदालतको भएको बताए । 

अदालतलाई प्रभावमा पार्न खोजेमा त्यसको हिसाबकिताब जनताले गर्ने बताउँदै उनले सर्वोच्चभन्दा ठूलो अदालत जनता भएको बताए ।

 


कस्तो लाग्यो ?

यो पनि