बैशाख ११, २०८१, मंगलबार
               

सामूहिक बलात्कारका आरोपी पक्राउ

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । सामूहिक बलात्कारको आरोप लागेका फरार आरोपी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बैतडीको पञ्चेश्वर गाउँपालिका-४ का धर्मेन्द्र चन्द पक्राउ परेका हुन् । 

उनीमाथि बैतडीको पञ्चेश्वर गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार भएको आरोप छ । चन्दलाई कञ्चनपुर भीमदत्त नगरपालिका ऐटपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पक्राउपश्चात्  उनलाई बैतडी पठाइएको छ । उनीमाथि एक युवतीमाथि पटक पटक बलात्कार गरेको आरोप छ ।


कस्तो लाग्यो ?

यो पनि