बैशाख ०७, २०८१, शुक्रबार
               

गुल्मीमा जन्ती चढेको जिप दुर्घटना, बेहुलासहित १३ जना घाइते

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको  छ। दुर्घटनामा बेहुलासहित १३ जना घाइते भएका छन् । कालीगण्डकी गाउँपालिका– २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङ्जाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार जिप सडकबाट अन्दाजी १८ मिटर तल खसेको छ । घटनामा जिपमा सवार १३ जना घाइते भएका छन् । घाइतेहरूको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको डीएसपी पाण्डेले बताए ।


कस्तो लाग्यो ?

यो पनि