बैशाख ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमित अर्मेनियाका राष्ट्रपति अस्पताल भर्ना

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

येरेवन । अर्मेनियाका राष्ट्रपति अर्मेन सर्किसीयनलाई अकस्मात अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरसबाट संक्रमित भएका सर्किसीयनलाई निमोनियाको समस्या बढेपछि अस्पताल भर्ना गरिएको हो ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उनको अवस्था पहिलाभन्दा जटिल भएको पुष्टि गर्दै निमोनिया भएको उल्लेख गरिएको छ । ‘राष्ट्रपति सर्किसीयनलाई कोरोना भाइरसको संक्रमण भएको थियो, उनलाई अहिलेसम्म निवासमै उपचार गराइएको थियो ।

तर अहिले समस्या बढेकाले अस्पताल लगिएको हो, वक्तव्यमा लेखिएको छ । उच्च ज्वेरो र दोब्बर निमोनिया भएकाले राष्ट्रपति सर्किसीयनको अवस्था जटिल भएको वक्तव्यमा लेखिएको छ । राष्ट्रपति कार्यालयले उनी यही जनवरी ५ तारिखका दिन कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको जनाएको छ ।

उनी बेलायतको राजधानी लण्डन गएका बेला संक्रमित भएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति सर्किसीयन नयाँ वर्ष र बिदा मनाउन परिवारसहित लण्डन गएका थिए ।

यो पनि