चैत १६, २०८०, शुक्रबार
               

दोस्रोपटक ट्रम्पविरूद्ध महाअभियोग

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले दोस्रो पटक महाअभियोग पारित गरेको छ ।

एकै कार्यकालमा दोस्रोपटक महाअभियोग झेल्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् । कार्यकाल सकिन एक हप्ता पनि बाँकी नरहँदा तल्लो सदनबाट पारित भएको यो प्रस्तावलाई माथिल्लो सदन सिनेटले पनि पास गरेमा उनको बहिर्गमन लज्जास्पद हुनेछ ।

सिनेटमा दुईतिहाइ मतले पारित भएमा ट्रम्प राष्ट्रपति पदबाट जनवरी २० अगावै बर्खास्त हुनेछन् । जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइनडेनले सत्ता सम्हाल्दै छन् ।

ट्रम्पविरुद्ध यही जनवरी ६ मा अमेरिकी संसद् भवन (क्यापिटल हिल) भित्र भएको हिंसाको उक्साहटको अभियोग लगाइएको छ । क्यापिटल हिलमा भएको सो हमलामा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।

डेमाक्र्याटिक पार्टीका सांसदले गत सोमबार तल्लो सदनमा दर्ता गरेको महाभियोग प्रस्तावलाई २३२ मतले पारित गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पकै पार्टी रिपब्लिकनका १० सांसदले पनि महाभियोगका पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस आधारमा १९७ जना रिपब्लिकन सांसद मात्र महाभियोगको विपक्षमा थिए ।

यसअघि सन् २०१९ डिसेम्बरमा पनि ट्रम्पविरुद्ध महाभियोग लगाइएको थियो । 


कस्तो लाग्यो ?

यो पनि