बैशाख ०८, २०८१, शनिबार
               

विश्वभर एकैदिन १६ हजारभन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।

२४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । यसअघि, बुधबार १६ हजार १ जनाको मृत्यु भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ७ लाख ४० हजार २२९ संक्रमित थपिएका छन् ।

बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ८५ हजार ३९२ पुगेको छ । त्यस्तै अहिलेसम्म ९ करोड २७ लाख ४६ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमित २ करोड ४४ लाख ८४ हजार ६०७ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म ६ करोड ६२ लाख ७६ हजार २३९ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ९१५ पुगेको छ ।

दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ५ लाख नाघेको भने अहिलेसम्म १ लाख ५१ हजार ७६५ जनाको मृत्यु भएको छ । स‌ंक्रमणमा तेश्रो रहेको ब्राजिल मृत्युमा दोश्रो स्थानमा छ । अहिलेसम्म ब्राजिलमा २ लाख ६ हजार ९ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि