बैशाख १३, २०८१, बिहीबार
               

द भ्वाईस अफ नेपालमा तृष्णाको इन्ट्री

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’  तेस्रो सिजनमा गायिका तृष्णा गुरुङले इन्ट्रि गर्ने भएकी छन् । उनले गायिका आस्था राउटकाे स्थान ओगट्ने आयोजकले जनाएकाे छ । 

हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट प्रसारण गर्ने गरी द भ्वाईस अफ नेपालको सिजन-३ को तयारी थालिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।

सिजन ३ का लागि डिजिटल अडिसनमा झण्डै ४० हजार प्रतिभाहरुले सहभागिता जनाएका थिए । अघिल्लो सिजनमा रहेका कोच दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामाले तेस्रो सिजनमा पनि निरन्तरता पाएका छन् भने कोच आस्था राउतकाे सट्टामा गायिका तृष्णा गुरुङ अनुबन्ध भएकी छिन् । 


कस्तो लाग्यो ?

यो पनि