बैशाख ०७, २०८१, शुक्रबार
               

ओलीले अपहरण गरेकाे संविधान अदालतले संरक्षण गर्छ : गगन थापा

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नगरिकबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्नुको सट्टा प्रधानमन्त्री केपी शर्मा ओलीले अपहरण गरेको बताएका छन् ।

नेपाली कांग्रेसद्वारा सर्लाहीमा आयोजित विरोध सभालाई सम्बाेधन गर्दै नेता एवं पूर्वमन्त्री थापाले एक दशक लगाएर बनाएको संविधानलाई प्रधानमन्त्री ओलीले अपहरण गरेकाले अदालतले संविधानको संरक्षण गर्ने बताए ।

प्रधानमन्त्री ओलीको गतल कमदलाई सच्याएर अदालतले ठिक ठाउँमा ल्याउने र प्रतिनिधिसभा पुनर्स्थापनाकाे पक्षमा निर्णय गर्ने उनले बताए ।

साथै नेपाली नागरिककाे ठूलो बलिदानीबाट प्राप्त भएको संविधानको रक्षा गर्न र प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्न गाउँगाउँका सबै नागरिकलाई प्रष्ट पार्नुपर्ने नेता थापाले बताए । 


कस्तो लाग्यो ?

यो पनि