बैशाख १३, २०८१, बिहीबार
               

निफ्राकाे सीईओमा खतिवडा नियुक्त

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । 

प्रतिस्पर्धा गरेका ४ जनालाई पछाडि पार्दै खतिवडालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । बैंकको यसअघिका प्रमुख कार्यकारी अनिल ज्ञवाली २ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि खतिवडा नियुक्त भएका हुन् । 

उनले माछापुच्छ्रे बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, कुमारी बैंकका पूर्वकामु प्रमुख कार्यकारी अधिकृत राजिव गिरि, नबिल बैंकका पूर्वनायव महाप्रबन्धक रमेश लोहनी र नबिलकै कृष्ण भट्टराईसँग प्रतिस्पर्धा गरेका थिए ।

यो पनि