चैत १५, २०८०, बिहीबार
               

फेसबुकमा ‘जब भ्याकेन्सी’को विज्ञापन राखेर ठगी गर्ने व्यक्ति पक्राउ

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–८ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने २३ वर्षीय शिब खड्का रहेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्याकेन्सी’को पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

खड्काले रोजगारीका लागि सुरुमा एक हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

ठगी गरेर फरार रहेका खड्कालाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ ।


कस्तो लाग्यो ?

यो पनि