बैशाख १३, २०८१, बिहीबार
               

विप्लव समूहका कमाण्डर प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं ।ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट विप्लव समूहका पश्चिम कमाण्डर प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।

एक स्रोतका अनुसार आजा(बुधबार) उनी सो क्षेत्रबाट पक्राउ परेका हुन् । उनी सो समूहका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।

बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुर र प्रहरीको विशेष व्यूरोको संयुक्त कमाण्डमा जिल्लाको दक्षिणी भेगमा नेत्रविक्रम चन्द विप्लव समूहमाथि कारवाही सुरु गरेको छ ।

कारवाहीको क्रममा सो समूहका उच्च नेताहरु पक्राउ परेको आशंका गरिएको छ । सो समूह विरुद्ध खानतलासी भइरहेको ललितपुर परिसरका प्रमुख एसएसपी किरण बज्राचार्यले पुष्टि गरेकी छिन् ।

प्रहरी स्रोतका अनुसार धर्मेन्द्र वास्तोला पक्राउ परेको बताइएपनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि