बैशाख १२, २०८१, बुधबार
               

चिनियाँ कम्पनीले उत्पादन गरेका दुई खोपबारे अनुसन्धान भइरहेको छ: विश्व स्वास्थ्य संगठन

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसले चिनियाँ कम्पनीले उत्पादन गरेका साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान भइरहेको बताएका छन् । 

उक्त खोपहरुको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरुले काम गरिरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘मलाई खुसी लागेको छ, चीनका यी दुई खोपको प्रयोग र तिनको अन्तर्राष्ट्रिय प्रयोगका लागि आवश्यक गुणस्तरका विषयमा पनि विश्व स्वास्थ्य संगठनको विज्ञ समूहले काम गरिरहेको छ । 

विश्व स्वास्थ्य संगठनले विश्वका खोप उत्पादक कम्पनीहरुलाई छिटोछिटो खोपहरु उत्पादन गर्न र यससम्बन्धी तथ्यांक उपलब्ध गराउन पनि विश्व समुदायलाई आग्रह गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि