चैत १५, २०८०, बिहीबार
               

ट्रम्पमाथि युट्युबले पनि लगायो प्रतिबन्ध

एजेन्सी
पुस २९, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युट्युब च्यानल पनि बन्द हुने भएको छ ।

सिएनएनका अनुसार ट्रम्पको युट्युब च्यानल एकहप्ताको लागि बन्द हुन लागेको हो ।

पछिल्लो युट्युब भिडियोमा ट्रम्पले हिंसा भड्काउने अभिव्यक्ति दिएका कारण उनको च्यानललाई प्रतिबन्ध लगाइएको हो ।

उक्त भिडियो अहिले हटाइएको छ । गतहप्ता ट्रम्पकै उक्साहटका कारण अमेरिकी संसद भवनमा तोडफोड भएको थियो ।

यसअघि ट्रम्पको ट्विटर अकाउन्ट सँधैको लागि बन्द गरिएको छ ।

उनको फेसबुक पेजमा पनि आंशिक प्रतिबन्ध लागेको थियो । यसैबीच यतिबेला युट्युबले पनि ट्रम्पलाई कारवाही गर्न लागेको हो ।

ट्रम्पकै उक्साहटका कारण थप हिंसा भड्किने खतरा भएकाले ट्रम्पका सामाजिक सञ्जाल खाताहरु धमाधम बन्द गरिएका हुन् ।

यो पनि