बैशाख १४, २०८१, शुक्रबार
               

सन्दीप आबद्ध होबार्टको लगातार तेश्रो हार

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

अस्ट्रेलियामा जारी ‘बिग बाश टी २० क्रिकेट लिग’मा नेपाली खेलाडी सन्दीप लामिछाने सहभागी रहेको टिम होबार्ट हरिकेन्सले लगातार तेस्रो हार बेहोरेको छ । 
होबार्टले लगातार तेस्रो हार आत्मसात गर्ने क्रममा पर्थ स्कचर्ससँग ९ विकेटले पराजित भएको हो । होबार्टले जितको लागि १ सय ४० रनको लक्ष्य दिएकोमा पर्थले १६.१ ओभरमा १ विकेटको नोक्सानमै जित हासिल गर्‍यो ।

टिमलाई विजयी दिलाउन इंग्लिस ब्याटसम्यन जेसन रोयले सर्वाधिक ७४ रन जोडेका थिए । उनले ५२ बलको सामना गर्दै ८ चौका र ३ छक्का प्रहार गरेका थिए । सन्दीपले ३ ओभर बलिङ गरे पनि एक विकेट पनि हात पार्न सकेका थिएनन् । उनले २३ रन खर्चेका थिए ।  

यसअघि, पर्थमा टस जितेर ब्याटिङ गरेको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३९ रन जोेडेको थियो । टिमका ओपनर डार्सी शर्टले सर्वाधिक ४५ रनको योगदान दिए । यसपछि टिम डेभिडले ३१ रन बनाएका थिए । अन्यले भने खासै ठूलो योगदान दिन सकेका थिएनन् । पर्थका बलर आरोन हार्डीले २ विकेट हासिल गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि