बैशाख ०७, २०८१, शुक्रबार
               

अमेरिकामा ट्रम्पद्वारा आपतकालीन घोषणा, बाइडेनको शपथ ग्रहणमा प्रभाव पर्ने संकेत

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

वासिङ्टन । आफूमाथि महाभियोग प्रस्ताव दर्ता गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन शहरमा आपतकालीन घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले आफूमाथि अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेश भएगत्तै जनवरी ११ देखि २४ तारीकसम्म आपतकालीन घोषणा गरेको विभिन्न समाचार माध्यममा जनाइएको छ ।

केही समय अगाडि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले वासिङ्टनमा २० जनवरीमा पदको शपथ लिने भएका छन् । ट्रम्पले आपतकालीन घोषणा गरेलगत्तै अमेरिकामा भिडन्त हुने आशंका गरिएको छ । बाइडनको शपथ ग्रहण समारोहमा हिंसा हुने आशंका बढेकाले संकटकाल लगाइएको समाचारमा जनाइएको छ। 

डोनाल्ड ट्रम्प समर्थकबाट हिंसा हुन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीले चिन्ता व्यक्त गरेका छन् । बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको शपथ ग्रहण प्रभावित हुने अनुमान गर्न थालिएको छ ।

ट्रम्प समर्थकद्वारा गत साता क्यापिटल बिल्डिङ (अमेरिकी संसद् भवन) मा आक्रमण भएको थियो। उक्त आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि