चैत १६, २०८०, शुक्रबार
               

सोलुखुम्बुमा हेलिकप्टरबाट सुत्केरीको उद्धार

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार भएको छ । मंगलबार वडा नंम्बर ४ निवासी २८ वर्षीया पवित्रा राईको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको गाउँपालिका स्वास्थ्य संयोजक जितेन्द्रकुमार यादवले बताए ।

उनका अनुसार जुम्ल्याहा बच्चामध्ये एउटा शिशुको जन्म भए पनि अर्को शिशुको जन्म हुन नसक्दा आमा र शिशु दुवैको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि हेलिकोप्टरबाट उद्धार गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि