चैत १६, २०८०, शुक्रबार
               

यस्तो छ आज बिहानैदेखि देशभरको मौसम

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको गतिविधबिारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसममा सामान्य बदली भई केही पहाडी क्षेत्रमा चिसो महसुस भएको छ ।

त्यस्तै, दिउँसो पनि  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भू–भागमा आंशिक बदली रहनेछ । साथै, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशका अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

 यसैगरी राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा चिसो र हल्का वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेशको तराईका भू–भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि