बैशाख ०४, २०८१, मंगलबार
               

म कामचलाउ प्रधानमन्त्री होइन : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कार्यकारी प्रधानमन्त्री भएको भन्दै कामचलाउ नभएको बताएका छन् । नेपालको संविधानमा कामचलाउ प्रधानमन्त्रीको प्रावधान नै नरहेको भन्दै आफू काम चलाउन नभएको प्रतिक्रिया दिएका हुन् । भारतीय सञ्चारमाध्यम विअन न्युजसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।

विअन न्यूजकी पल्की शर्मा उपाध्यायले ‘तपाई प्रधानमन्त्री कि कामचलाउ प्रधानमन्त्री भन्ने प्रश्नमा ओलीले भने, ‘म प्रधानमन्त्री हुँ, कामचलाउ होइन । कामचलाउ प्रधानमन्त्रीको प्रावधान हाम्रो संविधानमा छैन । एउटा अवस्थामा मात्रै प्रधानमन्त्री कामचलाउ हुन्छ । संसद् नभएको अवस्थामा यदि प्रधानमन्त्रीको पद खाली हुन्छ भने त्यस्तो अवस्थामा वरिष्ठ मन्त्री कामचलाउ हुने बाहेक अर्को प्रावधान छैन ।’

साथै उनले प्रतिनिधिसभा विघटन गर्नु संवैधानिक भएको दाबी गरे । ‘कू’ को अर्थ नै थाहा नभएकाहरू अहिले कराइरहेको ओलीको टिप्पणी थियो । नेपालमा प्रतिनिधिसभा विघटन र भारतसँग लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे मतभेद भइरहँदा ओलीले भारतीय सञ्चार माध्यलाई अन्तरवार्ता दिएका हुन् । 

अन्तरवार्ता ओलीले भारतसँग आफ्नो सम्बन्ध पहिलाभन्दा राम्रो र सुदृढ भएको दाबी समेत गरे । साथै चीनसँग पनि कुनै समस्या नभएको बताए । ओलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने छुट भारत वा चीन कसैलाई नभएको भन्दै नेपाल सबैसँग मिलेर अघि बढ्ने बताए ।

फरक प्रसङ्गमा ओलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिर भन्दै आरोप समेत लगाए । प्रचण्डसँगको सम्बन्धका बारेमा सोधिएको प्रश्नमा ओलीले भने,  ‘प्रचण्डको इतिहास सबैलाई थाहा छ । प्रचण्डको चरित्र अस्थिर छ ।’

उनले प्रचण्ड अझै आफूले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘दोस्रो अध्यक्ष’ भएको बताए । आफूले अहिलेसम्म पार्टी विभाजन भएको घोषणा नगरेको भन्दै उनले प्रचण्ड र माधव कुमार नेपाल पक्षले अहिले गरिरहेको काम देख्दा आश्चर्य लागेको टिप्पणी गरे । 


कस्तो लाग्यो ?

यो पनि