चैत १६, २०८०, शुक्रबार
               

निर्वाचनका लागि सुरक्षा योजना बनाउन गृहमन्त्री थापाको निर्देशन

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सशस्त्र प्रहरी बललाई  मध्यावधि निर्वाचनलाई लक्षित गरी आवश्यक सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् । 

वरिष्ठ प्रहरी उपरीक्षकबाट नायब महानिरीक्षकमा बढुवा भएका बलका अधिकृतहरलाई बधाई तथा शुभकामना दिँदै उनले सो निर्देशन दिएका हुन् । 

स्वच्छ, निस्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्नका जुट्न अनुरोध गरी त्यसका लागि आवश्यक स्रोतसाधनको कमी भए मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएको गृहमन्त्रालय स्रोतले जानकारी दियो । 

शान्ति सुरक्षा, सिमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले गृहमन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरुप कामकारबाही अघि बढाउन निर्देशन दिए । उनले भने, ‘फिल्डमा उच्च मनोबलका साथ काम गर्नुहोस्, तपाईंहरुलाई कुनै चुनौति आए गृहमन्त्रालयबाट सहयोग र संरक्षण हुनेछ ।’

बढुवा भएका अधिकृतहरुको जिम्मेवारी थप बढेको भन्दै गृहमन्त्री थापाले भने , ‘अहिलेसम्मको अनुभवलाई अधिकतम सदुपयोग गर्दै राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुहोस् ।’ कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल पनि सहभागी थिए ।


कस्तो लाग्यो ?

यो पनि