चैत १५, २०८०, बिहीबार
               

बिन्दवासिनी म्युजिककी अध्यक्ष लिना पक्राउ

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् ।

प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा उनी पक्राउ परेकी हुन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।

गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा उनीविरुद्ध जाहेरी दिएका थिए ।

सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । 

कलाकारहरूले कपी राइट सम्बन्धमा दिएको जाहेरीको आधरमा लिनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जानकारी दिए ।

यो पनि