बैशाख १३, २०८१, बिहीबार
               

रहेनन् चितवनका कांग्रेस नेता तिमिल्सिना

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

चितवन । नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । 

 कलेजका अनुसार गएराति ७७ वर्षको उमेरमा उनको मृत्यु भएको हो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो । विसं २००१ माघ २५ गते उनको जन्म भएको थियो ।

उनले साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेर सेवा गरेका थिए । सभापति श्रेष्ठका अनुसार तिमिल्सिना कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर पार्टीमा क्रियाशील थिए ।

उनी रेडियो देवघाटको अध्यक्षसमेत थिए । नेपाल रेडक्रश सोसाइटीलगायत सामाजीक संघ संस्थामा उनी संलग्न थिए । उनका दुई छोरा र दुई छोरी  छन् । सभापति श्रेष्ठले नेता तिमिल्सिनाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् । उनको आजै निवास भरतपुर–५ बाट शवयात्रासहित देवघाटमा अन्त्येष्टि गरिदैँ छ । 

यो पनि