चैत १६, २०८०, शुक्रबार
               

उदयराजको गीत ‘एकबारको जुनिमा’ सार्वजनिक (भिडियो सहित)

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडाैं । सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ भने उनलाई अनुमती नेपालीले अभिनयमा साथ दिएकी छिन् । 

कालिका पौडेलको लगानीमा बनेको भिडियोमा  बिष्णु ठकुरीले छायांकन तथा रंग संयोजनको गरेका छन् । यस्तै, मोहन लामाको मेकअप तथा कोरियोग्राफी रहेको छ ।

उदयराज शर्माको स्वरमा रहेको उक्त गित अरुण तिवारीको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । यस्तै, पुरुषोतम न्यौपानेको म्युजिक एरेन्जर र सागर सुब्बाको रेकर्डिङ रहेको छ । 

धादिङका विभिन्न स्थानमा छायाँकन गरिएको उक्त गितको भिडियोलाई दर्शकले पनि राम्रो प्रतिक्रिया दिएका छन् । 


 


कस्तो लाग्यो ?

यो पनि