बैशाख १३, २०८१, बिहीबार
               

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

नेपाल फ्ल्यास
पुस २७, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

मकवानपुर । हेटौँडा उपमहानगरपालिका-५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, दुर्घटनामा परी हेटौँडा–६ निवासी आशिष श्रेष्ठको मृत्यु भएको हो ।

प्रदेश ३–०३–००१ प ४०२० नं. को मोटरसाइकललाई चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ क ८३३३ नं. को टिपरले ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा हेटौँडाका निरज राई घाइते भएका छन् । 

घाइते राईको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि