बैशाख ०७, २०८१, शुक्रबार
               

मर्स्याङ्दी नदीमा खस्यो ट्रक

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

बेँसीशहर–चामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका ४ जगत्बाट मर्स्याङ्दी नदीमा मालवाहक ट्रक खसेको छ ।  

बेँसीशहर नगरपालिकाबाट मनाङतर्फ जाँदै गरेको ग १ ख ५१२४ नम्बरको ट्रक बे्रक फेल हुँदा  नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले  सडकबाट करीब ७०० मिटर तल नदीको बीच भागमा खसेर अड्किएको  उक्त ट्रकको केही भाग मात्रै देखिएको, अरु भाग डुबेको तथा  पूर्ण रुपमा क्षति भएको जानकारी दिए ।

प्रहरीङ्का अनुसाार अनुसार  ट्रकमा रहेको १९० बाकस बिस्कुट र पाँच टन चामलसमेत पूर्ण नष्ट  भएको छ । ट्रकका चालक तथा सहचालक भने सकुशल रहेको र नाम खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । ट्रक भने तत्काल नदीबाट निकाल्न नसकिने प्रहरीको भनाइ छ ।  


कस्तो लाग्यो ?

यो पनि