बैशाख ०८, २०८१, शनिबार
               

प्रधानमन्त्रीको सम्बोधनपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषद्‍को आज (आइतबार) आकस्मिक बैठकले आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

'प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा अब पूरा देश आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा केन्द्रित हुनुपर्ने कारण राष्ट्रियसभाको अधिवेशन यही अन्त्य गर्ने निर्णय भएको छ', बैठकमा सहभागी एक मन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको बैठकलाई सम्बोधन गरिरहेका छन् । 

प्रतिनिधिसभा विघटनपछि राष्ट्रियसभा मात्र रहेको अवस्थामा  प्रधानमन्त्रीले राष्ट्रियसभा बैठकमा सम्बोधन गरेका हुन् । 

यो पनि