बैशाख १४, २०८१, शुक्रबार
               

पाँच वर्ष सरकार परिवर्तन नहोस् भन्ने जनताको इच्छा थियो : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष सरकार चलोस् भन्ने जनताको इच्छा रहेको बताएका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै उनले सरकारलाई काम गर्न नदिएका कारण पाँच वर्ष चल्नु पर्ने प्रतिनिधि सभा त्यसअघि नै विघटन गर्नुपरेको बताए ।

‘जनताको इच्छा थियो पाँच वर्ष सरकार टिकोस्, पाँच वर्ष सरकार टिकोस् भन्ने हो, सरकार परिवर्तन होस् भन्ने होइन जनताको इच्छा’, उनले भने ।

साथै उनले देश प्रतिनिधिसभाको निर्वाचनतर्फ उन्मुख भएको बताए ।

प्रतिनिधिसभाको पाँच वर्षे अवधि अगावै नयाँ जनादेश माग्न जनताको बीचमा जान लागिएको उनले बताए ।

उनले अवधि पूरा नहुँदै जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेर जानुको दोष पार्टीका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल ‘प्रचण्ड(नेपाल’ समूहलाई दिए ।


कस्तो लाग्यो ?

यो पनि