बैशाख ०८, २०८१, शनिबार
               

पशुपतिनाथको मन्दिर आज दिनभर बन्द रहने

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । पशुपतिनाथको मन्दिर आज (आइतबार) दिनभर बन्द हुने भएको छ ।

शनिबार धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आइतबार दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार अब सोमबार बिहान ६ बजे मात्रै मन्दिर खुल्नेछ । पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ ।

धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेको खतिवडाले बताए ।

कोरोना महामारीका कारण झण्डै ९ महिना बन्द भएको मन्दिर गएको पुस १ गतेदेखि खुलेको थियो ।

पशुपतिनाथलाई चिसोबाट जोगाउन भन्दै मूल मन्दिरमा धनुर्मास पूजा गर्ने गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि