चैत १६, २०८०, शुक्रबार
               

साडीलाई फेसनमा बदल्ने चर्चित डिजाइनरको निधन

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

मुम्बई । आफूले शुरुआत र सिर्जना गरेका प्रिन्टले परम्परागत साडीलाई आधुनिकीकरण गर्ने भारतका चर्चित फेसन डिजाइनर सत्या पावलको ७८ वर्षको उमेरमा निधन भएको छ ।

थुप्रै बलिउड कलाकारका मनपर्ने डिजाइनर पावलले आफ्नो समकालीन रंग, प्याटर्न र पदार्थहरू प्रयोग गरेर साडीलाई रूपान्तर गरेका थिए । सन् १९८० मा पहिलोपटक भारतमा आफ्नो बुटिक स्थापना गरेका उनले त्यसको ६ वर्षपछि आफ्नै लेबल शुरू गरेका थिए ।

गत महिना मस्तिष्कघात भएका उनको बुधबार निधन भएको उनका पुत्र पुनित नन्दाले बताएका छन् । नन्दाले आफ्नो पिताबारे फेसबुकमा लेखेका छन्,  ‘जीवनको मोडमा कुनै बेला एकचोटि मात्र उहाँलाई भेट्ने जो कोहीले पनि उहाँको मायालु व्यवहारलाई सधैंभरि सम्झिरहनुहुनेछ । उहाँले प्रफुल्ल मुद्रामा नडराइकन मृत्यु वरण गर्नुभयो ।’

‘एल अफेयर बुटिक’ खोलेपछि पावलले नर्तक आकृतिदेखि जेब्रा प्रिन्टसम्मका लोकप्रिय साडी उत्पादन गरेका थिए । त्यसमध्ये पनि उनका ट्राउजर साडी निकै चर्चित छन् ।

भारतका अन्य नामुद डिजाइनरहरूले पावललाई रंग र चित्रमा मज्जाले मौलिक सिर्जना निकाल्न सक्ने एक सफल कलाकारको रूपमा प्रशंसा गरेका छन् ।   


कस्तो लाग्यो ?

यो पनि