बैशाख ०७, २०८१, शुक्रबार
               

कांग्रेसले सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन एवं सभाकाे आयोजना गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारीलगायत नेताहरुले विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजित प्रदर्शनमा सम्बोधन गरी प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल भएको धारणा व्यक्त गरेका थिए ।

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आगामी माघ ३ गते ७५३ पालिका र माघ ८ गते ७५३ पालिकाका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।

उल्लिखित कार्यक्रम बाहेक जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रम आयोजना गर्न सक्ने उनले बताए । कांग्रेसले यसअघि पुस ५ गते प्रतिनिधिसभा विघटन भएकै दिन पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमार्फत पार्टीको धारणा सार्वजनिक गरेको थियो ।

पुस ६ गते सर्वदलीय बैठक आयोजना गरेको तथा पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरेको पार्टी कार्यालयले जनाएको छ ।

यो पनि