बैशाख ०७, २०८१, शुक्रबार
               

गम्भीर मतभेद र भारत–अमेरिका सम्बन्ध

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको ३२ घण्टे भ्रमणमा छन् र गुजरातको अहमदावादमा लाखौं मानिसले उनको स्वागत गरेका छ । 'नमस्ते ट्रम्प' नामक कार्यक्रम उनको अहिलेसम्मकै सबैभन्दा भब्य स्वागत समारोह हो । 

यसबाट ट्रम्प खुसी छन् । तर, दुई देशबीच व्यापार सम्झौता हुन नसक्दा उनी निराश पनि छन् । ‘हामी भारतसँग एउटा ठूलो व्यापार सम्झौता गर्दैछौं । मलाई थाहा छैन कि यो चुनावभन्दा पहिले हुन्छ वा हुँदैन... ,’ उनले केहीअघि भनेका थिए ।

उनले व्यापार वार्ताकारमाथि ठूलो दबाब दिइरहेका छन् । तर वार्ता हुन नसक्दा उनी निराश छन् । यो निराशालाई उनीमाथि दर्शाइएको सम्मानले केही हदसम्म नरम गरिदिएको छ । 

यो अमेरिका–भारत व्यापारको हल्का आलोचना हो र अमेरिका मागप्रति अधिक लचिलोपन देखाउनका लागि भारत सरकारका लागि एक विनम्र संकेत पनि । 

‘प्रधानमन्त्री मोदी मलाई मनपर्छ,’ ट्रम्पको यो टिप्पणाी कामचलाउ होइन, बरु अर्थपूर्ण छ । अमेरिकी राष्ट्रपतिसँग पाँचौपटक भेट गर्ने मोदीसँग एउटा अनौठो मन्त्र छ, जसले विश्वका ठूला नेताहरुसँग व्यक्तिगत सम्बन्ध बनाउन उनलाई सहयोग गरेको छ । 

ट्रम्प र मोदी, दुबै यस्तो सार्वजनिक कार्यक्रममार्फत आफ्ना मुल मतदाताहरुलाई महत्वपूर्ण सन्देश दिन चाहन्छन् । नमस्ते ट्रम्प कार्यक्रमबाट भारतीय मुलका गुजराती–अमेरिकीहरुको समर्थन लिने ट्रम्प आशा छ । अर्कोतर्फ, अमेरिकी राष्ट्रपतिले प्रशंशा गर्दा विदेशमा मोदीको छवि र प्रतिष्ठा बढ्नेछ । यसको असर चीन र पाकिस्तानसँग मात्रै पर्नेछैन ।

जापान, कोरिया र अस्ट्रेलियासँग पनि भारतको सम्बन्धमा सकारात्मक संकेत मिल्नेछ । व्यापार सम्झौता भलै ढिला होस्, तर भारतीय सैनिकका लागि २ दशमलव ६ अर्ब डलरको २४ एमएच ६० आरसी हाँक हेलिकोप्टर र १ दशमलव ८ अर्ब डलरको एकिकृत वायु रक्षा हतियार प्रणालीको बिक्री अनुबन्ध तथा बौद्धिक सम्पदा अधिकारमा सहमति पत्रमा हस्ताक्षरका लागि सीसीएसले दिएको अनुमतिले मतभेदलाई विवाद बन्न नदिन काम गर्नेछ । जस्तो अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अघिल्लो वर्ष आफ्नो भारत यात्राका दौरान भनेका थिए, ठूलो सम्झौता परस्पर लेन–देनको भावनाबाट हुन्छ । आशा छ, भारत र अमेरिकाका व्यापार वार्ताकार निकट भविष्यमा राम्रो व्यापार सम्झौताका लागि लचिलो हुनेछन् । 

भारतले अमेरिकाका सबै सामानमा कम कर लगाओस् भन्ने ट्रम्पको अपेक्षा छ । एलएनजी र तेलको अधिक खरिद तथा अमेरिकी उत्पादनको भारतीय बजारसम्म व्यापक पहुँचले अमेरिकाको व्यापार घाटालाई कम गर्नसक्छ ।

अर्कोतर्फ भारत चाहन्छ कि अमेरिकाले स्टिल र आल्मुनियममा शुल्क कम गरोस् र आंशिक रुपमै भएपनि जीएसपी (वरियताको सामान्यीकृत प्रणाली) बहाल गरोस्, जसमा लगभग ६ दशमलव ५ अर्ब डलरको भारतीय निर्यात प्रभावित भएको छ । 

अमेरिकाले अब भारतलाई एक प्रमुख रक्षा साझेदार मान्छ । पछिल्ला वर्षको वार्तामा औद्योगिक सुरक्षा अनुबन्धमा हस्ताक्षर गरेपछि संयुक्त अनुसन्धान र उत्पादनमा निजी क्षेत्रको भागिदारी सहज हुनेछ । त्यस्तै, संयुक्त सैन्य अभ्यास पनि हुन थालेको छ, पछिल्लो वर्ष तीन देशका सेनाले यस्तो गरेका थिए । 

चीनसँग ४ सय अर्ब डलरको व्यापार घाटाको तुलनामा भारतसँग अमेरिकाको व्यापार घाटा निकै कम अर्थात् ३० अर्ब डलर छ । त्यसैले भारत र अमेरिकाले व्यापारमात्रै मात्र जोड दिनुभन्दा पनि हिन्द–प्रशान्त क्षेत्र, चतुर्भुज सुरक्षा वार्ता, आतंकवादविरुद्धको लडाँइ, अन्तरिक्ष अनुसन्धान, सुचना प्रौद्योगिकी, स्वास्थ्य सेवा, शिक्षा तथा कार्ब उत्सर्जन नियन्त्रणका लागि रणनीतिक साझेदारीमा ध्यान केन्द्रीत गर्नुपर्छ । 

अमेरिकाले आफ्नो पोल्ट्री, पनिर, बदाम,सेबलगायतलाई भारतीय बजारमा निर्यात गर्ने विषय मुद्दा बनाउन हुँदैन । परिस्थितीको संवेदनशिला हेरेर उसले बुझ्नुपर्छ कि भारतको कुनै पनि सरकार मुटुरोगीका लागि स्टेन्ट र घाइतेका लागि घुँडामा प्रयोग हुने ब्याडेन्जको शुल्क बढाउने जोखिम मोल्न सक्दैन ।

भारत र अमेरिकाको हित हिन्द–प्रशान्त क्षेत्रसँग जोडिएका छ, तर उनीहरुको दृष्टीकोण समान छैन । अमेरिकाले आतंकवादीहरुबारे पाएको गोप्य जानकारी सार्वजनिक गर्छ र उसले पाकिस्तानमाथि दबाब बनाएको छ । पाकिस्तानको विपरीत, अमेरिकाले अफगानिस्तानमा भारतका लागि एउटा भूमिका देखेको छ । अफगानिस्तानको वर्तमान सररकारको प्रत्यक्ष संलग्नता बिना हुने अमेरिका–तालिवान वार्तालाई लिएर भारतलाई सन्देह र आशंका छ । 

अफगानिस्तानबाट अमेरिकाबाहिर निस्कनुअघि त्यहाँ एक शुन्यता पैदा हुनेछ, जसले हिंसा बढाउनेछ । ईरानलाई लिएर भारत र अमेरिका एकमत छैनन् ।

भारतले बुझेको छ कि ईरानमा सत्ता बदल्नका लागि गरिने कुनै पनि कोसिसले यहाँ अराजकता निम्त्याउनेछ । यसबाहेक कास्मिरमा राजनेताहरुलाई हिरासतमा राख्ने निर्णय र नागरिकतबारे कानूनमा गरिएको संशोधन (सीएए) विरुद्ध भइरहेका प्रदर्शनबारे पनि संभवत अनौपचारिक रुपमा ट्रम्पले चासो राख्‍नेछन् । गम्भिर मतभेदका बाबजुद ट्रम्पसँग राम्रो सम्बन्ध बनाउनु नै मोदीका लागि फाइदाजनक छ । 

(अमर उजालाडटकमबाट)


कस्तो लाग्यो ?

यो पनि