बैशाख १३, २०८१, बिहीबार
               

संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न सक्दैनः नेता सिंह

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् । संसद विघटनविरुद्ध राजधानीमा कांग्रेसले गरेको विरोधसभामा बोल्दै नेता सिंहले शनिबार सो कुरा बताएका हुन् ।

‘संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर बस्न सक्दैन, संबोधनका क्रममा नेता सिंहले भने, ‘असंवैधानिक कदमविरुद्ध कांग्रेसले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा एकैसाथ गरेको बताउँदै उनले झण्डै दुईतिहाइ बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको बताए । त्यसैगरी, उनले प्रधानमन्त्रीले जबरजस्त रुपमा अधिकार दुरुपयोग गरी प्रतिनिधिसभा भंग गरेको पनि बताए । 
संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंग गर्ने अधिकार हटाइएको  बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमाथि प्रहार गरेको उनको भनाइ छ । 

संसदले सरकार दिन नसकेको खण्डमा मात्रै प्रतिनिधिसभा विघटन भई चुनावमा जानुपर्ने स्पष्ट व्यवस्था संविधानमा रहेको उनको भनाइ छ । 
असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनै पनि तरिकाले हुन नसक्ने बताउँदै उनले दुईतिहाइको सरकार भन्ने, तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ र भनी प्रश्न गरे । 


कस्तो लाग्यो ?

यो पनि