बैशाख ०६, २०८१, बिहीबार
               

प्रहरी बिट नजिकै युवतीमाथि बलात्कार प्रयास

नेपाल फ्ल्यास
पुस २५, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

धनगढी । कैलालीको गोदावरी नगरपालिका-४, खैरानामा एक युवतीमाथि जबर्जस्ती करणी (बलात्कार) को प्रयास भएको छ ।

सोही वडाकी करिब २५ वर्षकी युवतीमाथिमाथि अस्थायी प्रहरी बिट नजिकैको जंगलमा आज बिहान जबर्जस्ती करणीको प्रयास भएको हो ।

पीडित युवतीले अज्ञात व्यक्तिले आफूमाथि जबर्जस्ती गर्न खोजेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएकी छन् ।

घरबाट कामको सिलसिलामा अत्तरिया बजार जाँदै गर्दा खैरानादेखि वसन्तपुर क्षेत्रमा पर्ने जंगलभित्र लगेर कालो ज्याकेट, टोपी, मास्क लगाएका एकजना अज्ञात व्यक्तिले आफूलाई जबर्जस्ती गर्न खोजेको युवतीको उजुरीमा लेखिएको छ ।

उक्त समयमा ट्याक्टर आएको कारण आफू जोगिन सफल भएको युवतीले बताएकी छिन् ।

आफूमाथि हातपात गर्न खोज्ने युवकको खोज तलास गरी आवश्यक कारबाही गरिदिन भन्दै ती युवतीले प्रहरीलाई आग्रह गरेकी छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले ती (अज्ञात) व्यक्तिको खोजी भइरहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि