बैशाख ०८, २०८१, शनिबार
               

ट्वीटरले डोनाल्ड ट्रम्पको अकाउन्ट कहिल्यै नखुल्ने गरी बन्द गरिदियो

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

एजेन्सी । अमेरिकी राष्ट्रपतिबाट बिदाइ हुन लागेका डोनाल्ड ट्रम्पलाई ट्वीटरले सधैँको लागि आफ्नो सञ्जालकाट हटाएको छ । डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट अब कहिल्यै नखुल्ने गरी बन्द गरिदिएको हो ।

हालै ट्रम्पले अमेरिकामा हिंसा मच्चाएको भन्दै उनको ट्वीटर अकाउन्ट सधैँको लागि बन्द गरिदिएको ट्वीटरले एक सूचना समेत प्रकाशन गरेको छ । ‘राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरियो र अकाउन्ट सधैंको लागि बन्द गर्ने निर्णय गरियो’, उक्त सूचनामा ट्वीटरले भनेको छ । 

यसअघि ट्रम्पका समर्थकहरुले संसद भवनमा प्रवेश गरी आक्रमण गरेपछि ट्वीटरले ट्रम्पको अकाउन्टलाई १२ घण्टाको लागि बन्द गरेको थियो । त्यतिबेलै ट्वीटरले यदि यस प्लाटफर्मको नियमलाई तोडेमा सधैंको लागि बन्द गरिदिने चेतावनी पनि दिएको थियो । डोनाल्ड ट्रम्पको कार्यकाल सकिएपछि अब नवनिर्वाचित जो बाइडेनले कार्यभार सम्हाल्ने छन् । 


कस्तो लाग्यो ?

यो पनि