बैशाख १३, २०८१, बिहीबार
               

संविधानमा संसद विघटनको परिकल्पना गरिएको छैन : नेता थापा

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संविधानमा संसद विघटनको परिकल्पना नभएको बताएका छन् । 
संसद विघटनको विरोधमा शुक्रबार भक्तपुरमा आयोजित विरोध सभालाई संबोधन गर्दै नेता थापाले संसद विघटनलाई अनधिकृत कामको संज्ञा दिएका हुन् । उनले भने, ‘ संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहीँकतै लेखिएको छैन ।’

प्रधानमन्त्रीको कदम असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी भएकाले कांग्रेस विरोधमा उत्रिएको नेता थापाको भनाइ छ । सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाव सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने उनको भनाइ छ ।

यो पनि