बैशाख १३, २०८१, बिहीबार
               

जब प्रधानमन्त्री ओली धनगढी पुगे...
स्वागतमा गएनन् कोही पनि मन्त्रीहरु

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी आइपुगेका छन् ।

काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमार्फत प्रधानमन्त्री ओली धनगढी अवतरण गरेका हुन् ।

धनगढी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश सरकारका कोही पनि पुगेनन् । 

प्रधानमन्त्री ओली धनगढी आउने औपचारिक जानकारी नभएकाले स्वागतका लागि कोही नगएको मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले जनाएको छ । 

कर्णाली प्रदेश सरकारमा नेकपाको ओली पक्षको सहभागीता शून्य छ ।

प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि