बैशाख ०७, २०८१, शुक्रबार
               

सुदूरपश्चिमको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जाँदै

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । अज प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिमको सभालाई सम्बोधन गर्न धनगढी जाने भएका छन् । नेकपा सुदूरपश्चिम प्रदेशले आयोजना गरेको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली त्यहाँ जाने भएपछि सुरक्षामा कडा बनाइएको छ ।

स्थानीय प्रशासनको निर्देशनअनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित घटनालाई ध्यानमा राखेर कडा बनाइएको हो । नेपाल प्रहरीले पनि सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोशाकमा समेत टोली खटाएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमसेर जबराले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा लामो समयसम्म विवाद भएपछि प्रधानमन्त्री ओलीले गत पौष ५ गते प्रतिनिधीसभा विघटन गरेका छन् । उनले प्रतिनिधीसभा विघटन गरेपछि नेकपा फुटको संघारमा पुगेको छ ।

ओलीको विपक्षमा पुश्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले अर्कै प्रचण्ड–माधव समूह बनाएर देशभर विरोध तथा संघर्षमा जुटेका छन् । त्यस्तै, प्रधानमन्त्री ओली पक्षले पनि विभिन्न क्षेत्रमा सभा गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि