बैशाख ०८, २०८१, शनिबार
               

अमेरिकामा डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन सांसदहरुको छलफल

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गत बुधबार संसद भवनमा हिंसात्मक हमला गरेपछि उनलाई कारबाही माग उठेर डेमोक्रेट सांसदहरुले छलफल सुरु गरेका छन् ।

उनलाई पदबाट हटाउने विषयमा डेमोक्रेट सांसदहरुले छलफल सुरु गरेका हुन् । उक्त हमलामा केही मानीसको मृत्यु पनि भएको छ । सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई पदबाट हटाउने विषयमा डेमाक्रेट नेताहरु आफ्नो निरन्तर सम्पर्कमा रहेको बताएकी छन् ।

उनले भनेकी छन्, ‘ट्रम्पको राजद्रोहको कदमका कारण संसद उनीविरुद्ध महाअभियोग लगाउन बाध्य हुन सक्नेछ ।’ राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले आफू ह्वाइटहाउसबाट बाहिरिएपछि आफू र आफ्ना परिवारविरुद्ध अनुसन्धान सुरु गर्ने सम्भावना बढेपछि ट्रम्पले चिन्ता व्यक्त गरेका छन् ।

उनले आफू र आफ्ना छोराछोरीलाई आममाफी दिने विषयमा वकिलहरुसँग छलफल गरेको बताइएको छ । ट्रम्पको कार्यकाल यही जनवरी २० सम्म मात्रै रहेको छ । ट्रम्पले आफूले आफैंलाई क्षमादान दिने अधिकार भए नभएकोबारे कानूनी राय मागेको बताइएको छ ।

उपराष्ट्रपति माइक पेन्सले २५ औं संसोधनका आधारमा ट्रम्पलाई पदमुक्त नगरे अर्को महाअभियोग लगाउने हाउस स्पीकर न्यान्सी पेलोसीले चेतावनी दिएकी छन् । 


कस्तो लाग्यो ?

यो पनि