बैशाख १३, २०८१, बिहीबार
               

कैलालीका थारु गाउँमा माघीपर्वको तयारी

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

कैलालीको टीकापुर–५ की छोट्की चौधरी यतिखेर निकै व्यस्त छन् । उनी माघी पर्व नजिकिन थालेपछि माघीका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न दैनिक जङ्गल धाउन थाल्दै छिन् । 

माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले पर्व मनाउन लागि एक साता अघिदेखि नै तयारी शुरु गरिएको छ ।

माघीका लागि आवश्यक पर्ने जिता खोज्ने, खाने मानिसको सूची बनाउनेलगायतका तयारी भइरहेको बनगाँउका बडघर पहारुलाल चौधरीले बताए । उनी भन्छन्– “माघीका लागि आवश्यक मासुको जोहो शुरु भइसकेको छ । गाउँमा मिलेर जिता ढाल्ने चलन छ । ” 

माघी नजिएकाले गाउँघरमा अहिले दाउरा सङ्कलन, पात टिपेर दुनाटपरी बनाउने, कुटानी पिसानीलगायतका कार्य धमाधम भइरहेको पूर्वबडघर जीतबहादुर चौधरीले बताउँछन् । “यतिखेर गाउँका सबै व्यस्त छन्, सबैको घरमा माघीको तयारी शुरु भएको छ”, उनले भने, “माघी पर्वले थारु गाउँमा रौनक ल्याउँछ । नयाँ जोश र उमङ्गका साथ मनाइने यो पर्वमा व्यस्तता हुनु सामान्य हो ।”    

थारु समुदायले यही पुस अन्तिम दिन जिता मार्ने, माघ १ गते लाहन (नदीमा गएर नुहाउने) र २ गते खोज्नीबोज्नी (छिनोफानो तथा निर्णय गर्ने) गरी तीन दिन माघ पर्व धुमधामसँग मनाउने गर्दछन् । माघीको समयमा थारु समुदायमा घर छुट्टिने चलन पनि छ । माघीमा घर छुट्टिएमा गाउँका अगुवा तथा बडघर मिलेर छिनोफानो तथा बाँडफाँड गरिदिने चलन छ । 
 


कस्तो लाग्यो ?

यो पनि