बैशाख ०८, २०८१, शनिबार
               

कुवेतबाट विभिन्न कम्पनीमा अलपत्र सात नेपालीको उद्धार

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

दोहा । कुवेतमा विभिन्न कम्पनीमा अलपत्र परेका ७ नेपालीको उद्धार गरिएको छ ।

गत वर्ष मार्चबाट नै कोरोनाका कारण कम्पनी बन्द भएको र खुलेपछि पनि कम्पनीले काम नदिएपछि अलपत्र परेका ६ पुरुष र १ महिला उद्धार गरी स्वदेश पठाइएको गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका आइसीसी सदस्य अमित चामलिङ राईले जानकारी दिए ।

उद्धार गरी स्वदेश फर्किनेहरुमा मिलनकुमार तामाङ, रामबहादुर तामाङ, विशनबहादुर खत्री, लक्ष्मनबहादुर ढकाल, विजय ग्याबक, अमर ढकाल र शान्ति बिक रहेका छन् ।

उनीहरुलाई गैरआवसीय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहकार्यमा एनआरएनए एनसीसी कुवेतले पीसीआर परीक्षण गरी नेपालसम्मको हवाइ टिकट र काठमाडौंदेखि घरसम्मको खर्चको व्यवस्था गरी जजिरा एयरको उडानमार्फत बुधबार स्वदेश फर्काइएको आइसीसी सदस्य राईले बताए ।

नेपाल फर्कनेको हवाई टिकट, पीसीआर परीक्षण, ईलिगल भई समस्या परेकालाई सहयोग गरी काठमाडौ्ं विमानस्थलदेखि घरसम्म पुग्ने खर्चसमेत व्यवस्था गरिदिने एनआरएनए कुवेतले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि