बैशाख १३, २०८१, बिहीबार
               

सम्बन्ध विच्छेदको मोडमा किम कादर्सियन र कान्ये वेस्ट

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

चर्चित हलिउड स्टार किम कादर्सियन र र्यापर कान्ये वेस्टको सम्बन्धविच्छेदबारे खबर चर्चामा छ । केही समययता यी चर्चित जोडीबीच राम्रो सम्बन्ध नभएको र चाँडै एकअर्कासँग छुटिन सक्ने ‘पिंकभिल्ला’ले लेखेको छ । 

करिब आठ वर्षदेखि सँगै रहेका किम र कान्येको वैवाहिक जीवन ६ वर्ष भइसक्यो ।  हलिउडको चर्चित जोडीका रुपमा चर्चित यी दुईले सुरु गरेको जोडीको सम्बन्ध पछिल्लो समय चिसिएको छ ।

किम र कान्ये अहिले छुट्टै बसिरहेका छन् समय सँगै बिताइरहेका छैनन् । 

‘इ न्यूज’का अनुसार, पछिल्लो महिनादेखि किम र कान्ये आफ्ना छोराछोरीका लागि मात्र भेटिरहेका छन् । नर्थ वेस्ट, सेन्ट वेस्ट, चिगागो वेस्ट र स्लाम वेस्ट यी दुईका चार छोराछोरी हुन् । 

आमा-बुबाको बिग्रिदो सम्बन्धले गर्दा छोराछोरीमा केही असर नपरोस् भनेर किमले सम्बन्धविच्छेदका लागि फाइल गर्न समय लिइरहेको बताइएको छ ।  किम आफ्नो बच्चाहरुका लागि सही निर्णय लिने सोचिरहेकी छिन् भने, कान्ये केवल सम्बन्धविच्छेदको फाइल पर्खिरहेको इ न्यूजको भनाइ छ । 

सम्बन्ध विच्छेद गर्ने विषयमा दुवैले अहिलेसम्म कुनै आधिकारिक खुलासा भने गरेका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि