बैशाख ०८, २०८१, शनिबार
               

आजको मौसम : पहिलेको तुलनामा सफा रहने

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा पहिलेको तुलनामा बिहानैदेखि सामान्य बदली भइ केही स्थानमा मौसम सफा रहनेछ ।

त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने बताइएको छ । साथै, सुदुरपश्चिम प्रदेश र प्रेदश १ को  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी राति पनि प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रही केही चिसो पनि हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि