बैशाख १२, २०८१, बुधबार
               

निरंकुश शासकमध्ये ओली पनि एक हुन्: कांग्रेस नेता रिजाल

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गर्दै ओली चाँडै बिदा हुने बताएका छन् । नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा नेता रिजालले सो कुरा बताएका हुन् । 

‘आज निर्वाचनबाट सत्तामा गएका ओली बिदा हुँदैछन् । हिजो ज्ञानेन्द्र बिदा भए । नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै टिक्दैन,’ रिजालले भने, ‘संसारका निरङ्कुश शासकमध्ये ओली पनि एक भएको हुन् ।’

निर्वाचन मिति चुनाव गर्नका लागि घोषणा नगरिएको बताउँदै ओलीले आफूलाई मन नपरेको संविधानको पाङ्ग्रा भत्काएको बताए । ‘हिजो मन पर्थ्यो कि पर्थेन । तर आज संविधानको पाङ्ग्रा भत्काउने काम सुरु भएको छ’, उनले भने ।

संविधान निर्माणका बेला संसद विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई दिन नहुने अडान एमाले र माओवादीले नै लिएको रिजालले स्मरण गर्दै उनले दुई वटा कम्युनिस्ट पार्टीकै अडानले प्रधानमन्त्रीलाई केही न केही अधिकार दिनुपर्छ भन्नेमा कांग्रेस पनि सहमत भएको उनको भनाइ थियो ।

यो पनि