चैत १६, २०८०, शुक्रबार
               

यस वर्ष माघेसंक्रान्ति मेला नलाग्ने

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । हरेक वर्ष पवित्र तीर्थस्थल देवघाटमा लाग्दै आएको माघेसङ्क्रान्ति मेला यस वर्ष नलाग्ने भएको छ । कोरोना सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्ला सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको बैठकले मेला नगर्ने निर्णय गरेसँगै यस वर्ष सो मेला नलाग्ने भएको हो । 

हरेक वर्ष मेला भर्नका लागि सो तीर्थस्थलमा पाँच लाखभन्दा बढी भक्तजनहरु आउने गर्थे ।सो तीर्थस्थलमा नेपाल र भारतबाट भक्तजन आउने गर्छन् । 

मेला व्यवस्थापनका लागि चितवन, तनहुुँ र नवलपरासी सुरक्षा निकाय गर्दै आएका छन् । मकर संक्रान्तिबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छन् । यसै कारण यस संक्रान्तिलाई मकर सङ्क्रान्ति भन्ने गरिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।


कस्तो लाग्यो ?

यो पनि