बैशाख ०६, २०८१, बिहीबार
               

‘नेपाली म्यूजिक भिडियो अवार्ड’का लागि ३० वटा विधामा आवेदन खुल्ला

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

नेपाली म्युजिक भिडियोको तिन वटा संकरण सफलतापूर्वक सम्पन्न गरेको संगीक्षा फिल्मस्ले अब चौथो संकरण पनि आयोजना गर्ने तयारी थालेको छ । नेपाली गीतसंगीत क्षेत्रलाई चलायमान बनाउन तथा अवार्डलाई निरन्तरता दिने उद्देश्यले चौथो संकरणको आयोजना गर्न लागेको संगीक्ष फिल्मस्का अध्यक्ष मनोज कुमार केसीले जानकारी दिए ।

सन् २०२१ मा चौथो संकरण आयोजना हुने जानकारी गराउँदै मनोजले अवार्डमा सहभागीताका लागि आवेदन खुल्ला गरिएको जानकारी दिए । उनले भने–‘मनोरञ्जन गतिविधि बढ्दै जाँदा अवार्डले यसमा थप टेवा पुगोस् भन्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागेका हौं । यसपटक पनि हामी अवार्ड विदेशमा नै आयोजना गर्छौ ।’

संगीक्षा फिल्मस्ले यसअघिका दुई संकरण यूएई र एक संकरण मलेसियामा आयोजना गरेको थियो । यसपटक अवार्डमा आधुनिक, लोकदोहोरी, पप, राष्ट्रिय भावनाको गीत, गायक, गायिका, संगीतकार, म्यूजिक भिडियो, मोडल, छायांकार, निर्देशक, सम्पादकसहित ३० वटा विधा समावेश हुने जानकारी दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि