बैशाख ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओली धनगढी जाँदै

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली पुस २४ गते धनगढी जाने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार पछिल्लो राजनीति परिस्थितिबारे आफ्ना धारणा राख्न प्रधानमन्त्री ओली पुस २४ गते धनगढी जाने भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पुस २४ गते धनगढीमा जनसभा आयोजना गरेको छ । 

धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बताएअनुसार जनसभाका लागि विभिन्न समिति गठन भएका छन् ।

अध्यक्ष थापाको संयोजकत्वमा २५२५ सदस्यीय मूल तयारी समिति गठन भएको छ ।


कस्तो लाग्यो ?

यो पनि